0


१. अल्बर्ट आइन्स्टाइनको जन्म कहाँ भएको थियो ??
— जर्मनीको उल्म सहरमा
२. आइन्स्टाइनले सापेक्षताको सिद्धान्त (Theory of Relativity) कहिले प्रतिपादन गरेका थिए ??
— सन् १९०५
३. आइन्स्टाइनले “सामान्य सापेक्षताको सिद्धान्त” कहिले प्रस्तुत गरेका थिए ??
— सन् १९१६
४. आइन्स्टाइनलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ??
— सन् १९२१
५. आइन्स्टाइनको कुन सिद्धान्तको आधारमा सौर्य सेलहरु बनाएको हो ??
— प्रकाश विद्युतीय असर (Photoelectric Effect)
६. आइन्स्टाइनले कुन देशको राष्ट्रपति बन्ने प्रस्तावलाई इन्कार गरेका थिए ??
— इजरायल
७. आर्किमिडिजको जन्म कहाँ भएको थियो ??
— ग्रिसको सिसिलीमा
८. सापेक्षित घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त, पेचको सिद्धान्तका प्रतिपादक को हुन् ??
— आर्किमिडिज
९. वृत्तको क्षेत्रफल र परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका हुन् ??
— आर्किमिडिज
१०. "On the Measurement of the Circle" नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन् ??
— आर्किमिडिज
११. कुनै पनि वस्तु पानीमा तैरिने नियम (Law of Floating) पत्ता लगाउने वैज्ञानिक को हुन् ??
— आर्किमिडिज
१२. पेचको सिद्धान्त कसले पत्ता लगाएका हुन् ??
— आर्किमिडिज
१३. 'Water Screw' को आविष्कार कसले गरेका हुन् ??
— आर्किमिडिज
१४. थोरै ठुलो संख्यालाई सानो पारी लेख्ने तरिका पत्ता लगाएको व्यक्ति को हुन् ??
— आर्किमिडिज
१५. ग्यालिलियोको जन्म कहाँ भएको थियो ??
— इटालीको पिसा
१६. चन्द्रमाको आफ्नै प्रकाश नभएको पत्ता लगाउने वैज्ञानिक को हुन् ??
— ग्यालिलियो
१७. पेन्डुलमको आविष्कार कसले गरेका हुन् ??
— ग्यालिलियो
१८. तार बिनाको टेलिग्राफको आविस्कार गरेबापत मार्कोनिलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरियो ??
— सन् १९०९
१९. तापमापक यन्त्र, ज्यामितीय कम्पास, पानीको सतह बढाउने यन्त्रको आविष्कार गर्ने वैज्ञानिक को हुन् ??
— ग्यालिलियो
२०. भ्याकुममा ठूला वा साना सबै वस्तुहरु एउटै प्रवेगले खस्छन् भनी कसले पत्ता लगाए ??
— ग्यालिलियो
२१. सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन् ??
— न्यूटन
२२. न्यूटनले आफ्नो प्रसिद्ध कृति 'Principi कुन भाषामा लेखेका थिए ??
— ल्याटिन
२३. सूर्यमा सात रगं हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटको उदाहरणबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ??
— न्यूटन
२४. प्राइमरी र सेकेण्डरी रगंको पहिचान गर्ने वैज्ञानिक को हुन् ??
— न्यूटन
२५. न्यूटनले चाल सम्बन्धिमा प्रतिपादन गरेका नियम कति छन् ??
— तीन
२६. न्यूटनले चालका नियमहरु कहिले प्रतिपादन गरेका थिए ??
— सन् १६८७
२७. जोन डाल्टन विज्ञानको कुन विधासँग सम्बन्धित थिए ??
— रसायन शास्त्र
२८. पदार्थको अणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्यूटोन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ??
— जोन डाल्टन
२९. माइकल फराडेको जन्म कहाँ भएको थियो ??
— बेलायतको नेविंगटन
३०. जेनेरेटरको आविष्कार कसले गरेका हुन् ??
— माइकल फराडे ( सन् १८३१)
३१. कुनै पनि Circuit मा चुम्बकीय क्षेत्र वा शक्ति परिवर्तनशिल भएमा त्यो परिवर्तनको मात्रा विद्युत्मा परिणत हुन्छ भन्ने 'Law of Electromagnetic Induction' को प्रतिपादन गर्ने वैज्ञानिक को हुन् ??
— माइकल फराडे
३२. चार्ल्स डार्विनको जन्म कुन देशमा भएको थियो ??
— बेलायत
३३. चार्ल्स डार्विनले 'The Origin of Species' नामक पुस्तक कहिले प्रकाशित गरे ??
— सन् १८५९
३४. विकासवादी सिद्धान्तका प्रतिपादक को हुन् ??
— चार्ल्स डार्विन
३५. लुई पाश्चरको जन्म कहाँ भएको थियो ??
— फ्रान्स
३६. लुई पाश्चरले रेबिज रोग विरुद्धको सुईको आविष्कार कहिले गरे ??
— सन् १८८५
३७. पानी देखि डराउने रोग हाइड्रोफोवियाको उपचार विधि कसले पत्ता लगाएका हुन् ??
— लुई पाश्चर
३८. थोमस अल्भा एडिसनको जन्म कहाँ भएको थियो ??
— अमेरिकाको ओहायो राज्यमा
३९. विद्युत् बल्व, चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक को हुन् ??
— थोमस अल्भा एडिसन
४०. म्याडम क्युरीको जन्म कहाँ भएको थियो ??
— पोल्यान्डको राजधानी वार्सामा
४१. गुग्लिल्मो मार्कोनीको जन्म कहाँ भएको थियो ??
— इटालीको बोलोग्ना सहर ।
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top