0
मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रह(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् ।
संस्कृत भाषामा महात्मा अथवा महान आत्मा एक सम्मान सूचक शब्द हो । उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ टेगोरले महात्मा नामले सम्वोधित गरेका हुन् । महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा (બાપુ) बापू को अर्थ पिता हुन्छ । उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ । यो दिन 'गान्धी जयन्ती'को रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ । सबैभन्दा पहिले गान्धीले रोजगार अहिंसक सविनय अवज्ञा, प्रवासी वकीलको रूपमा दक्षिण अफ्रिकामा भारतीय समुदायको नागरिक अधिकारको लागि सङ्घर्षमा प्रयोग गरे । सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिकर र भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरे । सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाए । तर यी सबैभन्दा पनि भारतलाई विदेशी राजबाट मुक्ति दिलाएर स्वराज प्राप्ति उनको प्रमुख लक्ष्य थियो । गान्धीले ब्रिटिस सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा दांडी मार्च र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरे । उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौं वर्षसम्म जेलमा बस्नुपर्‍यो । गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरे । उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवन को धेरै समय व्यतित गरे र परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए । उनले सादा शाकाहारी भोजन खाए र आत्मशुद्धि तथा सामाजिक प्रतिकार दुबैको लागि लामा उपवास पनि गरे ।

विदेशमै शिक्षा तथा वकालत गरे

आफ्नो १९औं जन्मदिन आउन एक महिना अगावै ४ सेप्टेम्बर सन् १८८८ मा गान्धीजी यूनिभर्सिटी कलेज अफ लण्डनमा कानून संकाय पढ्न र वकील बन्नको लागि इङल्याण्डलण्डन गए । भारत छोड्ने बेलामा जैन भिक्षु बेचारजी समक्ष हिन्दूहरूले मासु, रक्सी तथा संकीर्ण विचारधारालाई त्याग्नको लागि आफ्नो आमालाई दिएको एक वचनले उनको शाही राजधानी लण्डनमा बिताएको समयमा निकै प्रभावित गर्‍यो । तसर्थ गान्धीजीले अङ्ग्रेजी रीति रिवाजको अनुभव पनि गरे जस्तै उदाहरणको रूपमा उनी त्यहाँ नृत्य कक्षाहरूमा जाने गर्थे तर पनि वहाँले आफ्नो घरबेटी द्वारा बनाइएको मासु तथा काउली पचाउन सकेनन् । आफ्नो आमाको इच्छाहरूको बारेमा जो केही उनले पढेका थिए उनलाई सीधै अपनाउनुको सट्टा वहाँले आफ्नो बौद्धिकता बाटशाकाहारी भोजनलाई आफ्नो भोजनको रूपमा स्वीकार गरे । उनले शाकाहारी समाजको सदस्यता ग्रहण गरे र संस्थाको कार्यकारी समितिको लागि चयन पनि भए जहाँ यिनले एउटा स्थानीय अध्यायको आधार राखे । पछाडि उनले संस्थाहरू गठन गर्नमा महत्वपूर्ण अनुभवको परिचय दिँदै यसलाई श्रेय दिए । उनले जुन शाकाहारी मानिसहरूसँग भेट गरे त्यसमा केही थियोसोफिकल सोसाइटीका सदस्य थिए जसको स्थापना सन् १८७५ मा विश्व बन्धुत्वलाई प्रवल गर्नको लागि गरिएको थियो जसलाई बौद्ध तथा हिन्दू साहित्यको अध्ययनको लागि समर्पित गरिएको थियो । त्यसै संस्थाका सदस्यहरूले गान्धीजीलाई भगवदगीता पढ्नको लागि प्रेरित गरे । हिन्दू धर्मईसाई धर्मबौद्ध धर्मइस्लाम र अन्य धर्महरूका बारेमा पढ्न सुरुमा गान्धीजीले विशेष रूचि देखाएनन् । इङल्याण्ड तथा वेल्स बार एसोसिएशनको मागमा उनी भारत फर्किए तर मुम्बईमा वकालत गर्नमा उनलाई खासै सफलता मिलेन । त्यसै समयमा एउटा हाईस्कूल शिक्षकको रूपमा अस्थायी नोकरीको लागि अस्वीकार गरिएपछि उनले जाहेरीवालाहरूको लागि मुद्दा लेख्नका लागि राजकोटलाई नै आफ्नो स्थल बनाए, तर एउटा अङ्ग्रेज अधिकारीको मूर्खताको कारण उनलाई यो कारोबार पनि छोड्नु पर्‍यो । उनले यस घटनाको वर्णन आफ्नो आत्मकथामा आफ्नो दाजुको तर्फबाट परोपकारको असफल कोसिसको रूपमा गरे । यसै कारणबाट उनले (सन् १८९३) मा एउटा भारतीय फर्मबाट नेटाल दक्षिण अफ्रिका जुन त्यसबेला अङ्ग्रेजी साम्राज्यको भाग थियो त्यहाँ एक वर्षको वकालत गर्ने करार स्वीकार गरेका थिए ।

दक्षिण अफ्रिका (१८९३-१९१४)मा नागरिक अधिकारहरूको आन्दोलन

गान्धी दक्षिण अफ्रिकामा (सन् १८९५)
दक्षिण अफ्रिकामा बस्दा गान्धीले भारतीयहरू माथि हुने गरेको भेदभावको सामना गर्नुपर्‍यो । सुरूमा उनलाई रेलको प्रथम श्रेणीको आधिकारिक टिकट हुँदाहुँदै पनि तेस्रो श्रेणीमा जानबाट अस्विकार गर्नको लागि ट्रेनबाट बाहिर फ्याकिएको थियो । भाँडा गाडीमा बाँकी यात्रा गर्दागर्दै एक यूरोपियन यात्रीलाई प्रवेश गर्न दिएकोमा उनले चालक द्वारा पिटाई पनि खानु परेको थियो । उनले आफ्नो यस यात्रामा अन्य कठिनाइहरूको सामना गरे जसमा कतिपय होटलहरू उनको लागि निषेधित गरियो । यस प्रकार धेरै घटनाहरूमा एक अदालतको न्यायाधीशले गान्धीजीलाई आफ्नो पगरी उतार्न आदेश दिएका थिए जसलाई गान्धीजीले मानेनन् । यी सारा घटनाहरू गान्धीजीको जीवनमा एक मोड बने र विद्यमान समाजिक अन्याय प्रति जागरूकताको कारण बने तथा समाजिक सक्रियताको व्याख्या गर्नमा मद्दत गरे । दक्षिण अफ्रिकामा पहिलो नजरमा नै भारतीयहरू माथि अन्याय देखेर गान्धीजीले अङ्ग्रेजी साम्राज्यको अन्तर्गत आफ्नो मानिसहरूको सम्मान तथा देशमा स्वयं आफ्नो स्थितिको लागि प्रश्न उठाए ।

१९०६ को जुलु युद्धमा भूमिका

सन् १९०६ मा जुलु दक्षिण अफ्रिकामा नयाँ चुनाव कर लागु गरिएपछि त्यहाँ दुई अङ्ग्रेज अधिकारीहरूलाई मारियो । फलस्वरूप अङ्ग्रेजले जुलु विरूद्ध युद्ध घोषणा गर्यो । गान्धीजीले भारतीयहरूलाई भर्ती गर्नको लागि ब्रिटिश अधिकारीहरूलाई सक्रिय रूपमा प्रेरित गरे । उनको तर्क थियो आफ्नो नागरिकताको दावीको कानूनी मान्यताको लागि भारतीयहरूको युद्ध प्रयासमा सहयोग दिनुपर्छ । तथापि अङ्ग्रेजले आफ्नो सेनामा भारतीयहरूलाई पद दिन अस्विकार गरिदिएका थिए । यसको बावजुद उनले गान्धीजीको यस प्रस्तावलाई माने कि भारतीय घाइते अङ्ग्रेज सैनिकहरूको उपचारको लागि स्टेचर माथि ल्याउनका लागि स्वेच्छापूर्वक कार्य गर्न सक्नेछन् । यस प्रक्रियाको बागडोर गान्धीले लिएका थिए । २१ जुलाई सन् १९०६ मा गान्धीजीले इन्डियन ओपिनियनमा लेखे कि २३ भारतीय [३] निवासिहरूको विरूद्ध चलाइएको अपरेशनको सम्बन्धमा प्रयोगद्वारा नेटाल सरकारको भनाईमा एक कोरको गठन गरिएको छ । दक्षिण अफ्रिकामा भारतीय मानिसहरूबाट इन्डियन ओपिनियनमा आफ्नो कोलमहरूको माध्यमबाट यस युद्धमा सामेल हुनको लागि आग्रह गरे र भने, यदि सरकार मात्र यही महसुस गर्छ कि आरक्षित बल खेर भइरहेको छ र त्यतिखेर उनी यसको उपयोग गर्नेछन् र असली लडाईंको लागि भारतीयहरूलाई प्रशिक्षण दिएर यसको अवसर दिनेछन् । [४] गान्धीको बीचारमा सन् १९०६ को मस्योदा अध्यादेश भारतीयहरूको स्थितिमा कुनै निवासीको निम्न स्तरको समान ल्याउने जस्ता थिए । यसकारण उनले सत्याग्रहको तर्ज माथि काफिर (जातीय कलंक)को उदाहरण दिँदै भारतीयहरूबाट अध्यादेशको विरोध गर्नको लागि आग्रह गरे । उनको शब्दमा, "यहाँ सम्म कि आधा जातिहरू र काफिर जो हामीभन्दा कम आधुनिक छन् उनले पनि सरकारको विरोध गरे । प्रवेश प्रवेशको नियम तिन माथि पनि लागू हुन्छ तर उनीहरू प्रवेश पास [५] देखाउँदैनन् ।

भारतीय स्वतन्त्रता सङ्ग्रामको लागि सङ्घर्ष ( १९१६ -१९४५ )

सन् १९१५ मा गान्धी दक्षिण अफ्रिकाबाट भारतमा बस्नको लागि फर्किए । उनले भारतीय राष्ट्रिय काङ्ग्रेसको अधिवेशनहरूमा आफ्नो विचार व्यक्त गरे तर उनी भारतको मुख्य मुद्दाहरू, राजनीति तथा त्यस समयको काङ्ग्रेस दलको प्रमुख भारतीय नेता गोपाल कृष्ण गोखले जो एक सम्मानित नेता थिए माथि नै आधारित थिए ।

चम्पारण र खेडा

सन् १९१८ मा खेडा र चम्पारण सत्याग्रहको समयमा गान्धी
गान्धीको पहिलो ठूलो उपलब्धि सन् १९१८ मा चम्पारन र खेडा सत्याग्रह आन्दोलनबाट प्राप्त भयो । यद्यपि आफ्नो निर्वाहको लागि जरूरी खाद्य बालीको अतिरिक्त (नालिनी) नगद पैसा दिने खाद्य बालीको खेती आन्दोलन पनि महत्वपूर्ण रह्यो । जमीन्दारहरू (अधिकांश अङ्ग्रेज)को शक्तिबाट दमन भएका भारतीयहरूलाई नाम मात्रको भरपाई भत्ता दिएका थिए जसबाट उनीहरू अत्याधिक गरीबीबाट घेरिँदै गएका थिए । गाउँहरू नराम्रोसित फोहोर र स्वास्थ्य सम्बन्धि समस्या र रक्सी, अस्पृश्यता र पर्दाबाट जकडिएका थिए । अब एक विनाशकारी खडेरीको कारण शाही कोषको भरपाईको लागि अङ्ग्रेजले दमनकारी कर लगाइ दिए जसको सम्पूर्ण बोझ दिन प्रतिदिन बढ्दै नै गयो । यो स्थिति निराशजनक थियो । खेडा,गुजरातमा पनि यही समस्या बिधमान थियो । गान्धीजीले त्यहाँ एउटा आश्रम बनाए जहाँ उनले आफ्नो धेरै समर्थकहरू र नयाँ स्वेच्छिक कार्यकर्ताहरूलाई सङ्गठित गरे । उनले गाउँहरूमा एउटा विस्तृत अध्ययन र सर्वेक्षण गरे जसमा प्राणीहरू माथि भएको अत्याचारको भयानक काण्डहरूको लेखाजोखा राखियो र यसमा मानिसहरूको अनुत्पादकीय सामान्य अवस्था पनि सामेल गरिएको थियो । ग्रामीण भेगमा उनले आम जनमानसमा आफुप्रतिको विश्वास जित्दै उनले गाउँहरूको सफाई अभियान आरम्भ गरे जस अन्तर्गत स्कूल र अस्पताल बनाइयो र उपर्युक्त वर्णित धेरै वटा समाजिक खराबीहरू समाप्त गर्नको लागि ग्रामीण नेतृत्वलाई प्रेरित गरे । तर यसको प्रमुख प्रभाव त्यस समय देखियो जब उनलाई अशान्ति फैलाएको भनी प्रहरीले गिरफ्तार गरे र उनलाई प्रान्त छोडनको लागि आदेश जारी गरियो । हजारौंको सङ्ख्यामा मानिसहरूले विरोध प्रदर्शन गरे । जेल, प्रहरी चौकी तथा अदालतहरू बाहिर सभा तथा जुलुसहरू निकालेर गान्धीजीलाई बिना शर्त रिहा गर्न उनका समर्थकहरूले माँग गरे । गान्धीजीले जमीन्दारहरूको बिरूद्ध विरोध प्रदर्शन र हडतालहरूकोको नेतृत्व गरे जसले अङ्ग्रेजी सरकारको मार्गदर्शनमा त्यस क्षेत्रको गरीब किसानहरूको धेरै क्षतिपूर्ति स्वीकार गर्न तथा खेती माथि नियन्त्रण, राजस्वमा बढोत्तरीलाई रद्द गर्न तथा यसलाई संग्रहित गर्न एक सम्झौतामा हस्ताक्षर गरे । यस सङ्घर्षको क्रममा नै गान्धीजीलाई जनताले बापू पिता र महात्मा (महान आत्मा)को नामले सम्बोधित गरे । खेडामा सरदार पटेलले अङ्ग्रेजसँग विचार विमर्शको लागि किसानहरूको नेतृत्व गरे जसमा अङ्ग्रेजले राजस्व संग्रहणबाट मुक्ति दिएर सबै कैदीहरूलाई रिहा गरेका थिए । यसको परिणामस्वरूप गान्धीको ख्याति पुरै देश भरमा फैलियो ।

असहयोग आन्दोलन

गान्धीजीले असहयोग, अहिंसा तथा शान्तिपूर्ण प्रतिकारलाई अङ्ग्रेज बिरूद्ध शस्त्रको रूपमा उपयोग गरे । पञ्जाबमा अङ्ग्रेजी फौजद्वारा भारतीयहरू माथि जलियांवाला बाग नरसंहार जसलाई अमृतसर नरसंहारको नामले पनि जानिन्छले देशलाई ठूलो आघात पुर्यायो जसबाट जनतामा क्रोध र हिंसाको ज्वाला दन्कियो । गान्धीजीले ब्रिटिश राज तथा भारतीयहरूद्वारा ‍प्रतिकारात्मक रवैया दुबै अपनाए । उनले ब्रिटिश नागरिकहरू तथा दंगाको शिकार भएका मानिसहरू प्रति संवेदना व्यक्त गरे तथा पार्टीको प्रारम्भिक विरोध पछि दंगाको भंर्त्सना गरे । गान्धीजीको भावनात्मक भाषण पछाडी आफ्नो सिद्धान्तको वकालत गरे कि सबै हिंसा र खराबीलाई न्यायोचित ठहराउन सकिँदैन । [६] तर यस्तो नरसंहार र त्यस पछि भएको हिंसाबाट गान्धीजीले आफ्नो मन सम्पूर्ण सरकार र भारतीय सरकारको कब्जामा भएका संस्थाहरू माथि सम्पूर्ण नियन्त्रण लिनमा केन्द्रीत थिए जो चाँडै नै स्वराज अथवा सम्पूर्ण व्यक्तिगत, आध्यामत्मिक तथा राजनीतिक स्वतन्त्रतामा बदलिने थियो ।
साबरमती आश्रम गुजरातमा गान्धीको घर
डिसेम्बर सन् १९२१ मा गान्धी जो भारतीय राष्ट्रिय काङ्ग्रेसको कार्यकारी अधिकारी नियुक्त गरिएका थिए । उनको नेतृत्वमा काङ्ग्रेसको स्वराजको नाममा एउटा नयाँ उद्देश्यसँग सङ्गठित गरिएको पार्टीमा सांकेतिक सदश्यता शुल्क भुक्तान गरी सबैको लागि खुला थियो । पार्टीलाई कुनै एक बीचारधाराको संगठन नबनाएर यसलाई राष्ट्रिय जनताको पार्टी बनाउनको लागि यसभित्रको अनुशासनमा सुधार ल्याउनको लागि एउटा निस्पक्ष समितिको गठित गरियो । गान्धीजीले आफ्नो अहिंसात्मक मञ्चको स्वदेशी नीतिमा सामेल गर्नको लागि विस्तार गरे जसमा विदेशी वस्तुहरू विशेष गरी अङ्ग्रेजी वस्तुहरूको बहिष्कार गर्नु थियो । यसमा उनको भनाइ थियो कि सबै भारतीय अङ्ग्रेजद्वारा बनाएको वस्त्रको अपेक्षा हाम्रा आफ्ना मानिसहरूले हातबाट बनाएको खादी लगाओस । गान्धीजीले स्वतन्त्रता आन्दोलन [७]लाई सहयोग दिनको लागि महिला र पुरूषहरूलाई प्रतिदिन खादीका लागि सूत कातन्मा समय बिताउन भने । यो अनुशासन र समर्पण ल्याउनका लागि यस्तो नीति थियो जसबाट अनिच्छा र महत्वाकांक्षालाई टाढा गर्न सकिन्थ्यो । र यसको स्थानमा त्यस समय महिलाहरूलाई सामेल गरिएकोमा यस प्रकारको गतिविधिहरू महिलाहरूको लागि सम्मानजनक छैन भन्ने विचार पनि आउन थाल्यो । यसप्रकारको आन्दोलान बाहेक गान्धीजीले ब्रिटेनको शैक्षिक संस्थाहरू तथा अदालतहरूको बहिष्कार र सरकारी नोकरीहरू छोडन तथा सरकारबाट प्राप्त तागमा र सम्मान फिर्ता गर्न पनि अनुरोध गरेका थिए ।
असहयोग आन्दोलनलाइ त्यस समयमा गजबको सफलता मिल्यो जसबाट समाजको सबै बर्गका जनतामा जोश र सहभागिता बढ्यो । यो आन्दोलन जुन प्रकार उत्कर्षमा पुग्यो त्यसै प्रकार सन् १९२२ फेब्रुअरीको चोरी-चोरा, उत्तर प्रदेशमा भयानक कलंकको रूपमा अन्त्य भयो । यस आन्दोलनद्वारा हिंसाको स्वरूप लिनसक्ने कुरालाई ध्यानमा राखी यस माथि विचार गर्दै गान्धीजीले व्यापक असहयोग [८] आन्दोलनलाई फिर्ताले लिने घोषणा गरे । गान्धीजी माथि राजद्रोहको मुद्दा चलाएर सन् १९२२ मार्च १० मा गिरफ्तार गरी उनलाई ६ वर्ष कैदको सजाय सुनाएर जेल पठाइयो । सन् १९२२ मार्च १८ देखि उनले २ वर्ष जेलमा बिताएका थिए । उनलाई सन् १९२४ फेब्रुअरीमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नका लागि रिहा गरियो ।
गान्धीजीको कारण एक भएका इन्डियन नेशनल काङ्ग्रेस उनको दुई वर्षको जेल बसाइमा दुई दलमा विभाजन भयो । जस मध्ये एक दलको नेतृत्व सदनमा पार्टीको भागीदारीको पक्ष चित्त रंजन दास तथा मोतीलाल नेहरूले गरे भने दोस्रो दलको नेतृत्व यसको विपरीत चल्ने चक्रवर्ती राजगोपालाचार्य र सरदार वल्लभ भाइ पटेलले गरे । यसको अलावा हिन्दूहरू र मुसलमानहरू बीच अहिंसा आन्दोलनको चरम सीमामा पुगेको बेला सहयोग टूटिरहेको थियो । गान्धीजीले यस खाल्डोलाई धेरै साधनबाट भर्ने प्रयास गरे जसमा उनले सन् १९२४ को बसन्तमा सीमित सफलता दिलाउका लागि तीन हप्ताको उपवास पनि गरेका थिए। [९]

स्वराज र नुन सत्याग्रह (दान्डी मार्च )

सन् १९३० अप्रिल ५ को अन्त्यमा दांडी मार्चमा गान्धीजी
गान्धीजी सक्रिय राजनीतिबाट टाढा नै रहे र सन् १९२० को अधिकांश अवधि सम्म उनी स्वराज पार्टी र इन्डियन नेशनल काङ्ग्रेसको बीचको खाल्डो भर्नमा लागिरहे र यसको अतिरिक्त उनी अस्पृश्यता, रक्सी, अज्ञानता र गरीबीको बिरूद्ध आन्दोलन पनि जारी राखे । उनले पहिले सन् १९२८ मा फर्केको एक वर्ष पहिले अङ्ग्रेजी सरकारले सर जोन साइमनको नेतृत्वमा एउटा नयाँ संवैधानिक सुधार आयोग बनाए जसमा एकजना सदश्य पनि भारतीय थिएनन् । यसको परिणामस्वरूप भारतीय राजनीतिक दलहरू द्वारा बहिष्कार निस्क्यो । सन् १९२८ डिसेम्बरमा गान्धीजीले कोलकातामा आयोजित काङ्ग्रेसको अधिवेशनमा एउटा प्रस्ताव राखे जसमा भारतीय साम्राज्यलाई सत्ता प्रदान गर्नको लागि भनिएको थियो । अथवा यस्तो नगरेमा आफ्नो उद्देश्यको रूपमा सम्पूर्ण देशको स्वतन्त्रताको लागि असहयोग आन्दोलनको सामना गर्नको लागि तयार बस्नु भनी भनेका थिए । गान्धीजीले युवा वर्ग नेताजी सुभाषचन्द्र बोस तथा जवाहरलाल नेहरू जस्तै पुरूषहरू द्वारा तत्काल स्वतन्त्रताको माग गर्ने विचार फलीभूत गरे [१०]। अङ्ग्रेजले यसको कुनै जवाफ दिएनन् । सन् १९२८ डिसेम्बर ३१ मा लाहौरमा भारतको झण्डा फहराइएको थियो । १९३० जनवरी २६ को दिन इन्डियन नेशनल काङ्ग्रेसले लाहौरमा भारतीय स्वतन्त्रता दिवसको रूपमा मनायो । यो दिन लगभग भारतमा रहेका प्रत्येक भारतीय संगठनहरू द्वारा पनि मनाइएको थियो । यस पछि गान्धीजीले मार्च १९३० मा नून माथि कर लगाएको विरोधमा नयाँ सत्याग्रह चलाए जसलाई १२ मार्चबाट ६ अप्रिलसम्म नून आन्दोलनको सम्झनामा ४०० किलोमीटर (२४८ माइल) सम्मको पदयात्रा अहमदाबादबाट दांडी, गुजरात सम्म चलाइयो ताकि स्वयं नून उत्पादन गर्न सकियोस् । समुन्द्र तर्फको यस यात्रामा हजारौंको सङ्ख्यामा भारतीयहरूले भाग लिए । भारतमा अङ्ग्रेजको पकडलाई विचलित गर्ने यो एक सर्वाधिक सफल आन्दोलन थियो जसमा अङ्ग्रेजले ८०,००० भन्दा धेरै मानिसहरूलाई जेल पठायो ।
लर्ड एडवर्ड इरविन द्वारा प्रतिनीधित्व भएको सरकारले गान्धीजीसँग विचार विमर्श गर्ने निर्णय लियो । यो इरविन गान्धीको सन्धि सन् १९३१ मार्चमा हस्ताक्षर गरिएको थियो । सविन्य अवज्ञा आन्दोलन बन्द गर्नको लागि ब्रिटिश सरकारले सबै राजनीतिक कैदीहरूलाई रिहा गर्न सहमति दिए । यस सम्झौताको परिणामस्वरूप गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको एकमात्र प्रतिनीधिको रूपमा लण्डनमा आयोजित हुने गोलमेच सम्मेलनमा भाग लिनको लागि आमन्त्रित गरियो । यो सम्मेलन गान्धीजी र राष्ट्रवादी मानिसहरूको लागि घोर निराशाजनक रह्यो यसको उद्देश्य सत्ताको हस्तान्तरण गर्नको साटो भारतीय अल्पसङ्ख्यकहरू माथि केन्द्रीत हुनु थियो । यसको अलावा लार्ड इरविनको उत्तराधिकारी लार्ड विलिङ्गटनले राष्ट्रवादीहरूको आन्दोलनलाई नियन्त्रित गर्ने र मत्थर पार्ने उद्देश्यले एउटा नयाँ अभियान आरम्भ गरे । गान्धी फेरि गिरफ्तार भए र सरकारले उनका अनुयायीहरूलाई उनीबाट पूर्णतया टाढा राखेर गान्धीजीद्वारा प्रभावित हुनबाट रोक्ने कोशिश गरे । तर यो जुक्ति सफल भएन । सन् १९३२ मा दलित नेताको चुनाव प्रचार प्रसारको माध्यमबाट भीमराव अम्बेडकर सरकारले दलितहरूलाई एउटा नयाँ संविधान अन्तर्गत अलग निर्वाचन स्वीकार गरे । यसको विरोधमा गान्धीजीले सन् १९३२ सेप्टेम्बरमा ६ दिनको अनशन गरे । जसले सरकारलाई दलित क्रिकेटरबाट राजनीतिक नेता बनेका पलवंकर बालूद्वारा गरिएको मध्यस्ततामा एक समान व्यवस्था अपनाउन बल दियो । दलितहरूको जीवनलाई सुधार्नको लागि गान्धीजीद्वारा चलाइएको यस अभियानको यो एउटा शुरूआत मात्र थियो । गान्धीजीले यी पिछडा दलितहरूलाई हरिजन नाम दिए जसलाई उनी भगवानको सन्तान मान्दथे । सन् १९३३ मे ८ मा गान्धीजीले हरिजन आन्दोलन [११] मा मद्दत गर्नको लागि आत्म शुद्धिकरणको २१ दिन सम्म चलने उपवास गरे । यो नयाँ अभियान दलितहरूले मन पराएका थिएनन् तथापि उनी एक प्रमुख नेता बनिरहे । भीमराव अम्बेडकरले गान्धीजीद्वारा गरिएको हरिजन शब्दको उपयोगको आलोचना गरे । अम्बेडकर र त्यसका सहयोगी दलहरूलाई पनि महसूस भयो कि गान्धीजी दलितहरूको राजनीतिक अधिकारहरूलाई कम आँक्दै छन् । यद्यपि गान्धीजी एक वैश्य परिवारमा जन्मेका भएपनि दलितहरूको लागि आवाज उठाउन सक्छन् । यसकै फलस्वरूप सन् १९३४ को गर्मी याममा उनको ज्यान लिने उद्देश्यले तीन असफल प्रयास भएका थिए । जब काङ्ग्रेस पार्टी चुनाव लड्ने भयो र सङ्घीय योजना अन्तर्गत सत्ता स्वीकार गर्‍यो् तब गान्धीजीले पार्टीको सदश्यताबाट राजिनामा दिने निर्णय लिए । उनी पार्टीको यस कदमबाट असहमत थिएनन् तर यसो गर्दा अहिलेसम्म कम्युनिष्ट, समाजवादीहरू, व्यापार सङ्घहरू, विद्यार्थीहरू, धार्मिक नेताहरू देखि लिएर व्यापार सङ्घहरू लगायतका जे जति आवाज विद्यमान थिए तिनीहरूको माझ पार्टीको सदश्यता मजबूत गर्नमा सजिलो हुने थियो । तसर्थ गान्धीजी प्रचारद्वारा कुनै यस्तो लक्ष्य सिद्ध गर्न चाहदैनथे जसले राज्यलाई [१२] अस्थायी रूपमा राजनीतिक व्यवस्थाको रूपमा स्वीकार गरियोस् । गान्धीजी नेहरू प्रेजीडेन्सी र काङ्ग्रेसको लाहौर अधिवेशनसँगै सन् १९३६ मा भारत फर्किए । गान्धीको पूर्ण इच्छा थियो कि उनी स्वतन्त्रता प्राप्त गर्नमा नै आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरून् । न कि भारतको भविष्यको बारेमा भएका अड्कलहरूको बारेमा गरिएका प्रचारहरूलाइ सम्झेर आफ्नो समय व्यर्थ गरुन । त्यसले काङ्ग्रेसलाई समाजवादको आफ्नो उद्देश्यको रूपमा अपनाउनबाट रोकेन । सन् १९३८ मा राष्ट्रपति पदको लागि चुनिएका सुभाष बोससँग गान्धीजीको मतभेद थियो । बोससँगको मतभेदमा गान्धीको मुख्य विन्दू बोसको लोकतन्त्रमा प्रतिवद्धताको कमी तथा अहिंसामा विश्वासको कमी थियो । बोसले गान्धीजीको आलोचना गरेता पनि दोस्रो पटक जीत प्राप्त गर्न सफल भए तर उनले काङ्ग्रेसलाई त्यस समय परित्याग गरे जब सबै भारतीय नेताहरूले गान्धी [१३] जी द्वारा लागू गरिएका सबै सिद्धान्तहरूको परित्याग गरे ।

दोस्रो विश्व युद्ध र भारत छोड आन्दोलन


सन् १९३९ मा जब दोस्रो विश्वयुद्ध आरम्भ भयो त्यस बेला नाजी जर्मनीले पोल्याण्ड माथि सुरूमा आक्रमण गरको थियो । गान्धीजीले अङ्ग्रेज प्रयासहरूको अहिंसात्मक नैतिक सहयोगको पक्ष लिए तर अर्का काङ्ग्रेसको नेताहरूलाई यस युद्धमा जनताको प्रतिनीधिहरूको परामर्श नलिई एकहोरो रूपमा निर्णय गरेकाले यस निर्णयको विरोध गरे । काङ्ग्रेसको सबै चयनित सदश्यहरूले सामूहिक रूपमा [१४] आफ्नो पदबाट राजिनामा दिए । लामो चर्चा पछाडी गान्धीले घोषणा गरे कि जब स्वयं भारतको स्वतन्त्रताबाट अस्विकार गरिएको हुनाले आफ्नो लोकतान्त्रिक स्वतन्त्रताको लागि बाहिरबाट लड्न भारत कुनै पनि युद्धको लागि तयार हुने छैन । जब युद्ध बढ्दै गयो गान्धीजीले स्वतन्त्रताको लागि आफ्नो माग अङ्ग्रेजलाई भारत छोड आन्दोलन नामक एउटा विधेयक ल्याएर यसलाई तीव्र बनाए । यो गान्धी तथा काङ्ग्रेस पार्टीको सर्वाधिक स्पष्ट विद्रोह थियो जुन भारतीय सीमा [१५]बाट अङ्ग्रेजलाई लखेट्न लक्षित थियो । गान्धीजी पछि दोस्रो नम्बरमा बसेका जवाहरलाल नेहरूको पार्टीका केही सदश्यहरू तथा केही अन्य राजनीतिक भारतीय दलहरूले आलोचना गरे जुन अङ्ग्रेजको पक्ष तथा विपक्ष दुबैमा नै विश्वास राख्दथे । केहीलाई लाग्थ्यो कि आफ्नो जीवन कालमा अथवा मृत्युको सङ्घर्षमा अङ्ग्रेजको विरोध गर्नु एउटा नश्वर कार्य हो जबकि केही मान्थे कि गान्धीजीले अहिले सम्म पर्याप्त कोशिश गरेका छैनन् । भारत छोड आन्दोलन सङ्घर्षको एउटा सर्वाधिक शक्तिशाली आन्दोलन बन्यो जति समय यसमा व्यापक हिंसा र गिरफ्तारी भयो । [१६] प्रहरीको गोलिबाट हजारौंको सङ्ख्यानमा स्वतन्त्रता सेनानी मारिए तथा घाइते भए र सयौं अथवा हजारौं सेनानी गिरफ्तार गरिए । गान्धी र उनका समर्थकहरूले भारतलाई स्वतन्त्रता नदिएसम्म लडाईं नछोड्ने स्पष्टता जाहेर गरे । उनले भने कि चारै तर्फ अराजकताको आदेश असलमा अराजकता भन्दा पनि खराब हो । उनले सबै काङ्ग्रेसीहरू तथा भारतीयहरूलाई अहिंसा संगै गर या मर को नाराद्वारा अन्तिम स्वतन्त्रताको लागि पनि अनुशासन कायम राख्न भने ।
गान्धीको हस्तलिपि साबरमती आश्रममा
गान्धीजी र काङ्ग्रेस कार्यकारणी समितिको सबै सदश्यहरूलाई अङ्ग्रेजद्वारा मुम्बईमा सन् १९४२ अगस्त ९ मा गिरफ्तार गरियो । गान्धीजीलाई पुणेको आगा खान प्यालेसमा दुई वर्ष सम्म बन्दी बनाएर राखियो । यही समय गान्धीजीको निजी जीवनमा दुई गहीरो आघात पुग्यो । उनको ५० वर्ष पुरानो सचिव महादेव देसाई ६ दिन पछि नै हृदयाघातबाट परलोक भए । गान्धीजी १८ महिना जेलमा बसेपछि सन् १९४४ फेब्रुअरी २२ मा उनकी स्वास्नी कस्तूरबा गान्धीको पनि देहान्त भयो । यसको ६ हप्ता पछि गान्धीजीलाई पनि महामारी मलेरियाको शिकार हुनु पर्‍यो । उनको खराब स्वास्थ्य र जरूरी उपचारको कारण सन् १९४४ मे ६ मा युद्धको समाप्ति भन्दा पहिले नै उनलाई जेलबाट रिहा गरियो । ब्रिटिस अधिकारी उनको जेलमा देहान्त हुन दिन चाहँदैनथे जसबाट देशमा क्रोध बढोस् । यद्यपि भारत छोड आन्दोलनलाई आफ्नो उद्देश्यमा आशिंक सफलता नै प्राप्त भयो तर आन्दोलनको निरङ्कुश दमनले सन् १९४३ को अन्त्यसम्म भारतलाई सङ्गठित गर्‍यो । युद्धको अन्त्यमा ब्रिटिशले स्पष्ट सङ्केत दियो कि सत्ताको हस्तान्तरण चांडै भारतीयहरूको हातमा सुम्पिनेछ । समयको माँगको आधारमा गान्धीजीले आन्दोलन बन्द गरे जसमा काङ्ग्रेसी नेताहरू सहित लगभग एक लाख राजनीतिक बन्दीहरूलाई रिहा गरियो ।

स्वतन्त्रता र भारतको विभाजन

गान्धीजीले सन् १९४६ मा काङ्ग्रेसको ब्रिटिश क्याविनेट मिशनको प्रस्ताव अस्वीकार गर्ने परामर्श दिए किन भने उनलाई मुस्लिम बाहुलता प्रान्तको लागि प्रस्तावित समूहीकरण प्रति उनको गहन अबिश्वास थियो । यसकारण गान्धीजीले प्रकरणलाई एउटा विभाजनको पूर्वाभ्यासको रूपमा देखे । यद्यपि केही समय गान्धीजीसँग काङ्ग्रेस द्वारा मतभेदको घटनाबाट यो पनि एउटा घटना बनेको (यद्यपि त्यसका नेत्त्वको कारण होइन) थियो तर नेहरू र पटेल जान्दथे कि यदि काङ्ग्रेस यस योजनाको अनुमोदन गरेन भने सरकारको नियन्त्रण मुस्लिम लिगमा जान्छ । सन् १९४८ को बीच लगभग ५,००० भन्दा पनि धेरै मानिसहरूको हिंसाको क्रममा मारिए । गान्धीजी कुनै पनि यस्तो योजनाको बिरूद्ध थिए जसले भारतलाई दुई बेग्ला-बेग्लै देशमा विभाजित गरोस् । भारतमा बसोबास गर्ने धेरै हिन्दूहरू तथा सिख र मुस्लिमहरूको भारी बहुमत देशलाई विभाजन गर्ने पक्षमा थियो । यसको अतिरिक्त मुहम्मद अली जिन्ना मुस्लिम लीगको नेताले पश्चिम पञ्जाबसिंधउत्तर पश्चिम सिमान्त प्रान्त र ईस्ट बङ्गालमा व्यापक सहयोगको परिचय दिए । व्यापक स्तरमा फैलिने हिन्दू मुस्लिम लडाईं रोक्नको लागि नै काङ्ग्रेस नेताहरूले विभाजनको यस योजनामा मञ्जुरी दिएका थिए । काङ्ग्रेस नेता जान्दथे कि गान्धीजी बिभाजनको विरोध गर्नेछन् र उनको सहमति बिना काङ्ग्रेसको लागि अगाडि बढ्न असम्भव थियो । पार्टीमा गान्धीजीको सहयोग र सम्पूर्ण भारतमा उनको स्थिति मजबूत थियो । गान्धीजीको नजीकका सहयोगीहरूले बिभाजनलाई एक सर्वोत्तम उपायको रूपमा स्वीकार गरे र सरदार पटेलले गान्धीजीलाई सम्झाउने प्रयास पनि गरे कि नागरिक अशान्ति युद्धलाई रोक्ने यही एउटा उपाय हो । गान्धीले वाध्य भई यसमा अनुमति दिए ।
उनले उत्तर भारत सँग-सँगै बङ्गालमा पनि मुस्लिम र हिन्दू समुदायका नेताहरूबीचको कडा रवैयालाई शान्त गर्नको लागि गहन विचार विमर्श गरे । सन् १९४७ मा भारत-पाकिस्तान युद्ध पश्चात पनि उनलाई त्यस समय घचघचाइयो जब सरकारले पाकिस्तानको विभाजन परिषद द्वारा बनाइएको सम्झौता अनुसार ५५ करोड रूपैया नदिने निर्णय गरेको थियो । सरदार पटेल जस्तो ठुला नेताहरूलाई डर थियो कि यदि यो धन पाकिस्तानलाई दिइयो भने यस धनको उपयोग उनीहरू भारत बिरूद्ध युद्ध सञ्चालनमा उपयोग गर्न सक्छन् । जब यो माँग उठ्न लाग्यो कि सबै मुसलमानहरूलाई पाकिस्तान पठाइयोस् तर मुसलमान र हिन्दू नेताहरूले यस माथि असन्तोस व्यक्त गरे र एक अर्को [१७]सँग सम्झौता नगर्ने अडान लिए । यस कार्यले गान्धीजीलाई गहिरो आघात पुग्यो । उनले दिल्लीमा आफ्नो पहिलो आमरण अनशन आरम्भ गरे जसमा सबै साम्प्रदायिक हिंसा तत्काल समाप्त गर्न र पाकिस्तानलाई ५५ करोड रूपैयाँ भुक्तान गर्नको लागि माँग गरेका थिए । गान्धीजीलाई पाकिस्तानमा अस्थिरता र असुरक्षाबाट भारत प्रति उसको घृणा बढ्नेछ तथा सीमामा हिंसा फैलिनेछ भन्ने डर थियो । उनलाई अर्को पनि डर थियो कि हिन्दू र मुस्लिम आफ्नो शत्रुता फेरि कायम राख्नेछन् र नागरिक युद्ध हुने आशंका बन्न सक्छ । यो रकम पाकिस्तानलाई भुक्तान गर्नुपर्नेमा उनी अडीग रहे । हिन्दू मुस्लिम र सिक्ख समुदायका नेताहरूले उनलाई विश्वास दिलाए कि उनी हिंसा समाप्त गरेर शान्ति ल्याउनेछन् । यी समुदाहरूमा राष्ट्रिय स्वयंसेवक सङ्घ र हिन्दू महासभा सामेल थिए । यस प्रकार गान्धीजीले सुन्तलाको जूस [१८] पिएर आफ्नो अनशन समाप्त गरे ।

हत्या

राज घाट आगा खान प्यालेसमा गान्धीको अस्थिहरू (पुणे,भारत)हानेर हत्या गरियो जब उनी नयाँ दिल्ली बिरला भवनको मैदानमा राती हिड्दै थिए । गान्धीको हत्यारा नाथूराम गोडसे एउटा पागल मान्छे थिए जसको कट्टरपन्थी हिन्दू महासभासँग सम्बन्ध थियो जसले गान्धीजीलाई पाकिस्तान [१९]लाई पैसा भुक्तान गर्ने मुद्दामा भारतलाई कमजोर बनाउनको जिम्मेवार ठहर्याइएको थियो । गोडसे र त्यस घटनामा उनको सह षड्यन्त्रकारी नारायण आप्टेलाई पछि अदालतमा मुद्दा चलाएर सजाय सुनाइयो तथा सन् १९४९ नोभेम्बर १५ का दिन उनीहरूलाई फाँसी दिइयो । राज घाटनयाँ दिल्लीमा गान्धीजीको स्मारक (वा समाधिमा देवनागरीमा हे राम लेखियो । राम वा उनी राम), जसको अनुवाद हे परमेश्वर मान्न सकिन्छ । त्यस समय जनमानसमा चर्चा थियो कि जब गान्धीजीलाई गोली हानियो तब उनको मुखबाट निस्केको अन्तिम शब्द थियो हे राम । यद्यपि यस कथनमा पनि विवाद उठेको थियो । [२०] त्यस समय जवाहरलाल नेहरूले रेडियोको माध्यमबाट राष्ट्रलाई सम्बोधन गरेका थिए । गान्धीजीको शवको खरानी (‘’’अस्थि’’’) उनको सेवाहरूको सम्झना गराउनको लागि सम्पूर्ण भारतमा लगियो । जसको अधिकांश इलाहाबादको संगममा सन् १९४८ फेब्रुअरी १२ को दिन पावन जलमा विसर्जित गरियो । र केहि अस्थिलाई [२१] पवित्र रूपमा राखियो । सन् १९९७ मा तुषार गान्धी)ले बैंकमा नपाएको केहि अस्थि-कलश र केही सामग्री अदालतको माध्यमबाट इलाहाबाद संगम [२१][२२] नामक स्थानमा लगेर जलमा विसर्जित गरे । सन् २००८ जनवरी ३० मा दुबईमा बस्ने एक व्यापारीद्वारा गान्धीजीको खरानी एक अन्य अस्थि-कलश मुंबई संग्रहालय [२१] मा पठाए पश्चात् उनलाई गिरगाम चौपाटी नामक स्थानमा जलमा विसर्जित गरियो । एक अर्को अस्थि कलश आगा खान जुन पुणे[२१] मा छ (जहाँबाट उनलाई सन् १९४२ मा कैद गरिएको थियो) र दोस्रो आत्मबोध फेलोशिप ताल मन्दिरमा लस एन्जलस[२३] मा राखिएको छ । यस परिवारलाई यो पवित्र खरानी राजनीतिक उद्देश्यको लागि दुरूपयोग गर्न सकिन्छ भन्ने थाहा छ । तर उनीहरू यहाँबाट हटाउन पनि चाहँदैनन् । किन भने यसबाट मन्दिर[२१] मा तोडफोड हुने खतरा पैदा हुन सक्दछ ।

Post a Comment

 
Top