0
कस्को देश ?


नेपालीको देश नेपाल, प्रकृतिको देश
जातजातिको देश नेपाल, संस्कृतिको देश
हाम्रो देश नेपालको भाषा भेष राम्रो
येही हाम्रो देशको हिमाल पहाड राम्रो

आर्थिकमा गरिब नेपाल,प्रकृतिमा धनि
त्यसैमा त छौं हामी विश्वमै नामी
प्रजातन्त्रको देश नेपाल, गोर्खालीको देश
वीर पुर्खाको पसिनाले बाच्छौँ  शेख सेख

नेपाल आमाको माया लाग्छ आफ्नो भन्दा बढी
सक्दैनौ हामी बाच्न नेपाललाई छोडी
गौतम बुद्धको देश नेपाल शान्तिप्रेमी राष्ट्र
शान्तिलाई डोर्याउंदै बन्छौं सर्वश्रेष्ठ

फूलबारीको देश नेपाल प्रकृतिको देश

जातजातिको देश नेपाल, प्रकृतिको देश
- बाल क्लब

Post a Comment

 
Top