नेपाल
नेपाली हुँ म
गोर्खाली हुँ म
देशको रक्षा गर्ने
सिपाही हुँ म ।
गोर्खालीले ज्यान दिए
सिङ्गो राष्ट्र बनाए ।
गौतम बुद्ध यहि जन्मे
शान्तिको ज्ञान फैलाए
एउटै राज्य बनाउनलाई
एउटै राज्य बनाउनलाई
नेपाली एक भए ।
सस्कृतिको देश नेपाल
साथै भाषा भेष
जोगाउने छौ हामी
यसलाई हाम्रो ।
प्रकृतिको धनि नेपाल
सुन्दरताको खानी
त्येसैले त हामी सबै
भएका छौ नामी ।
सगरमाथाको शिर जस्तै
उच्च हाम्रो शिर
हामी पनि बनिने छौ
पुखा जस्तो वीर ।
लेखक: बाल क्लब
Post a Comment