सानो छु म
पछि ठुलो हुन्छु ।
देश विकासका लागि
अहिले देखि सोच्दछु ।।
गर्छु महान काम
पछि ठुलो भएर ।
येस्लाई पुरा गर्छु
कडा मिहिनेत लाएर ।।
देश त देश भयो
विश्वमा छाउनेछु ।
आफु मात्र कहाँ होर
सारा नेपालीलाई चिनाउनेछु ।।
धेरैले दिए योगदान
त्येस्लाई जोगौनेछु ।
म पछ्यौन्दिन कसैलाई
अरुले पछ्याउने बनाउनेछु ।।
हामि सबै साना छौं
पछि ठुलो हुनेछौं ।
देशका लागि ज्यानसमेत
दिन तयार हुनेछौ ।।
- बाल क्लब
Post a Comment